२१ भदौ २०८३, आइतबार | September 6, 2026

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य



लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त पहल गर्ने भएका छन् । केहि दिनयता छाडा चौपायाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएपछि कोष र नगरपालिकाका प्रतिनिधिविच बैठक बसि अस्थायी र दीर्घकालिन समाधानको खोजी गर्ने निर्णय भएको हो ।

छाडा चौपायालाई हाल हाल अस्थायी रुपमा राखिएको गौशालालाई व्यवस्थित बनाउने निर्णय भएको छ । अस्थायी रुपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रुपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थपन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई सहिको बैठकले अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गर्दा उठेका जनगुनासोलाई तत्तकाल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णय समेत भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरउपप्रमुख कल्पना हरिजनको संयोजकत्वमा कपिलबस्तु र रुपन्देहीको देवदहमा सञ्चालित गौशालामा छाडा चौपायाको व्यवस्थापनका लागि सहजीकरणको जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

विभिन्न सञ्चारमाध्यममा छाडा चौपाया व्यवस्थापन नभएको भन्दै समाचारहरु आएको प्रती ध्यानआर्कषण जनाउँदै हाल अस्थायी रुपमा व्यवस्थापन गरिएको र त्यसलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णय समेत भएको बताए । लुम्बिनीमा छाडा चौपायाका कारण किसानहरुको बाली नाली समेत नष्ट गर्ने गरेकाले लुम्बिनी साँस्कृतिक नगरपालिकाको आग्रहमा लुम्बिनी विकास कोष क्षेत्रभित्र अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिदै आएको हो । एक महिनायता लुम्बिनीमा अस्थायी रुपमा छाडा चौपायालाई व्यवस्थापन गर्दा किसानहरुलाई राहात मिलेको छ भने अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा छाडा चौपायाकै कारण उत्पन्न समस्याबाट मुक्ति मिलेको छ ।

कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त रुपमा लुम्बिनीमा देखिएको छाडा चौपायालाई दीर्घकालिन रुपमा समाधान गर्ने गरी काम गर्ने समझदारी समेत बनेको छ ।

विश्वभरका पर्यटकहरु आउने भएकाले लुम्बिनीमा हाल अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिएको र यसको दीर्घकालिन व्यवस्थापनका लागि अन्य संघसंस्थाहरुलाई समेत बैठकले अपिल गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ९ : १७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका