२० मंसिर २०८२, शनिबार | December 6, 2025

फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी



काठमाडौं । फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार अबेर दक्षिणी फिलिपिन्सको मिन्डानाओ केन्द्र बनाएर भूकम्प गएको हो ।

जमिनी सतहभन्दा करिब ६३ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ । फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले स्थानीय समयानुसार शनिबार मध्यरातमा सुनामी आउने र केही घण्टासम्म जारी रहनसक्ने बताएको छ ।

अमेरिकाको सुनामी चेतावनी प्रणालीले फिलिपिन्समा केही घन्टासम्म ज्वारको स्तरभन्दा ३ मिटर माथिसम्म छाल आउनसक्ने बताएको छ ।

फिलिपिन्सको भूकम्पले जापानमा समेत सुनामीको चेतावनी दिइएको छ । जापानको दक्षिण-पश्चिमी तटमा १ मिटर माथिसम्म छाल आउनसक्ने बताइएको छ ।

भूकम्पको केन्द्र रहेको फिलिपिन्सको तटीय शहर हिनाटुआनका स्थानीय प्रहरी प्रमुख रेमार्क रेमार्क जेनटालनले भूकम्पको धक्का महसुस भएपछि बिजुलीको आपूर्ति बन्द भएको बताएका छन् । अहिलेसम्म कुनै हाताहाती या क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन् ।

फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ४७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति