५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पूर्वाधार कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन



कुश्मा । पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेवल तथा झोलङ्गे पुल, ग्रामीण सडक स्तरोन्नतीका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन् ।

कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन बनेको जनाउँदै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेकामा पाँचौँ र छैटौँ सहायक प्राविधिक दुई जनामात्र कार्यरत रहेका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार सातौँ र आठौँमा तीन प्राविधिकको दरबन्दी रहेकामा अहिले एकजना पनि कार्यरत छैनन् ।

सातौँ र आठौँका तीन पद पदविहीन रहेका अधिकारीले जानकारी दिए । प्राविधिक जनशक्तिको अभाव भएकाले चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका उनको भनाइ थियो ।

“जिल्लाको ग्राभेल तथा माटे सडक, झोलुङ्गे तथा मोटरेवल पुल लगायत निर्माणका गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इन्जिनियरको दरबन्दी तीन जनाको हो । अहिले एक जना पनि छैनन्”, अधिकारीले भने, “सब–इन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात दरबन्दी छन् । अहिले कार्यरत सङ्ख्या जम्मा दुई छ ।” दरबन्दी अनुसारको कर्मचारी नभएपछि कामको अत्यन्तै चाप रहेको उनको भनाइ छ ।

सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार, योजनाको डिपिआर निरीक्षण, योजनाको मूल्याङ्कनलगायत काममा अत्याधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार योजनाका काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति रू एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म दिनेगरी प्राविधिक सुपरभाइजरको रुपमा तीन जना सब–इन्जिनियरलाई काममा लगाइएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको अधिकारीको भनाइ थियो । कार्यालयमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ दरबन्दी भए पनि अहिले कार्यालय सहयोगीसहित आठ जना मात्रै कार्यरत रहेका उनले जानकारी दिए । उक्त कार्यालयमार्फत अहिले पर्वतमा नौ बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार मोटरेवल पुल बन्दै छन् ।

चार मोटरेवल पुलमध्ये लिदी खोलाअन्तर्गत राम्जा र छत्तीसेघाट सडकअन्तर्गत पैयूँ गरी दुई पुल निर्माणाधीन छन् भने अन्य दुई सडक तथा पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालयअन्तर्गत यसवर्ष साना र ठूला गरी एक सय ७२ भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् । यसवर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा रू एक अर्ब पाँच करोड रकम विनियोजन गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

प्रदेश सरकारअन्तर्गत कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१.३७ किमी पक्की सडक निर्माण भएको छ भने ३४.७ किमी सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ । दरबन्दी अनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको अधिकारीको भनाइ थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : ५६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं