१० श्रावण २०८३, आइतबार | July 27, 2026

एनसेलको खरिदबिक्री शंकास्पद रहेको सत्ता गठबन्धनको ठहर, छानबिन गर्नुपर्ने निस्कर्ष



काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको खरिदबिक्री शंकास्पद रहेको भन्दै छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार साँझ बालुवाटार बसेको बैठकले एनसेल खरिद बिक्रि शंस्कास्पद भएको निस्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने समझदारी गरेको हो । बैठकले एनसेलको विदेशमा भएको खरिदबिक्री स्वभाविक नभएको जनाएको छ ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले संचारकर्मीहरुसँग एनसेल खरिदबिक्रिी जालसाझीपूर्ण देखिएकाले गहिराइमा पुगेर अध्ययन तथा छानबिन गर्नका लागि सहमति जुटेको बताए ।

प्रधानमन्त्री प्रचण्डले एनसेल खरिदबिक्रि प्रकरणमाथि छलफल गर्नकै लागि मंगलबार सत्तारुढ गठबन्धन दलका नेताहरूलाई बोलाएका थिए ।

नेपालको कानुन बमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल खरिदबिक्री नभएको कुरामा समझदारी बनेको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । बैठकले तत्काल छानबिन अघि बढाउन सरकारलाई आग्रह गरेको उनले बताए । प्रधानमन्त्रीले यस विषय गम्भीर भएको बताउँदै सरकारले आवश्यक छानबिन गर्ने बताएको लेखकले जानकारी दिए । प्रधानमन्त्रीको कुरालाई सबै दलका नेताहरुले समर्थन गरेको लेखकले बताए । उनले भने, ‘एनसेलको शेयर खरिदबिक्री लगायतका जुन कुराहरू आएका छन्, यो कुराहरू अत्यन्त गम्भीर छन् । जति पनि काम कुराहरू भएका छन्, त्यो नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यसका अुनकूल भएको छैन ।,’ उनले भने, ‘यसलाई देशको हित प्रतिकूल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ ।’

एनसेलबारे स्पष्ट पार्न प्रधानमन्त्रीले बैठकमा सम्बन्धित विभागका कर्मचारीलाई पनि बोलाएका थिए । उनीहरूले १ खर्ब ६४ अर्बको एनसेललाई ६ अर्बमा मात्रै खरिदबिक्री गरेर कर छली भएको जनाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : २७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले