५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रुकुममा भाईले गरे दाईको हत्या, चक्कु प्रहार गरि दाईको हत्या गर्ने भाई प्रहरी नियन्त्रणमा



रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चक्कु प्रहार गरी आफनै भाईले दाईको हत्या गरेका छन ।

नगरको वडा नम्वर ९ गुर्तालगाउँ निवासी ३५ वर्षिय भुपेन्द्र मल्लले ४५ वर्षिय दाई हरि वहादुर मल्लको चक्कु प्रहार गरी हत्या गरेको ईलाका प्रहारी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।
१७ वर्ष पहिले देखि मानसिक सुन्तुलन गुमाएका भनिएका हरि वहादुर मल्ल सोही गाउँमा विवाहित दिदीको घरमा खानाखाने र वेलुका आफनो कोठामा आएर सुत्नेगरेको वडा नम्वर ९ का वडा सदस्य कृष्ण मल्लले वताए ।

वडा सदस्य मल्लका अनुसार मृतकका भाई भुपेन्द्र ६ वर्ष पछि हालै छिमेकि देश भारतवाट घर आएका थिए । गत श्रावण ४ गते दिदिको घर वाट वेलुका खानखाएर सुत्न कोठामा आएका मल्ल ५ गते विहान र वेलुकाको खानाखान नगएपछि उनको खोजी गरीएको थियो ।

खोजीको क्रममा ६ गते विहान मल्लको घर गएका आफन्तले मकैवारीमा उनको सव मृतअवस्थामा भेटाएपछि वडा कार्यालय मार्फत प्रहरीलाई खवर गरिएको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिए ।

दुई भाई विचमा विभिन्न समयमा वादविवाद हुने गरेको भन्दै तीनीहरुको आमा समेत घर नबसी बिबाहित छोरीको घरमा बस्दै आएकी थिईन् । आफुलाई पनि छोराहरुले हातपात गर्दै आएकोले आफु छोरीको घरमा वस्दै आएको मृतक मल्लको आमाले बताईन् ।

हत्यामा संलग्न मृतकका भाई भागेर जाजरकोट आफन्तको घरमा गएको अवस्थामा रुकुम प्रहरीले वुधवार नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह विष्टले जानकारी दिएका छन् ।

चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा जिल्ला प्रहरी प्रमुख रुकुम पश्चिमका डिएसपी ठग वहादुर के.सी.लगाएतको टोली आज घटना स्थालमा पुगेर घटनाको अनुसुन्धान गरेको प्रहरीले जनाएको छ ।

घटना स्थलको निरिक्षणको क्रममा मृतक सुत्ने कोठा रक्ताम्य भएको कपडा जलाएको र शव घर नजिकैको मकैवारीमा खाल्डो खनेर शरिरको केहि भाग पुरीएको अवस्थामा फेला परेको डिएसपी ठग वहादुर के.सीले जानकारी दिए ।

घटनामा सलंग्न मृतकका भाईले आफुले स्टीलको धारीलो चक्कुले घाँटी रेटेर हत्या गरेको र उक्त हतियार जाजरकोट आफन्तकोमा जानेवेला भेरी नदिमा फालेको स्वीकार गरेका छन ।
हत्यामा संलग्न भुपेन्द्र मल्ल लाई प्रहरीले आजै जिल्ला चलान गरेको छ भने मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : ०७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं