१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न



काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ ।

मिति २०८०/०८/२१ गते विहिबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका वीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन गरेका हुन् ।

काठमाडौको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको बिकास र बिस्तार को लागी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उजले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे ।

साथै सोही कार्यक्रममा बोल्दै बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले