६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

स्थापना दिवसमा आश्रमलाई सहयोग



बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघको छैटौ स्थापना दिवसको अवसरमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो ।

बुटवल फर्निचर उद्योग संघको आयोजनामा विहिबार देविनगरस्थित नेपाल अपाङ आश्रमलाई सहयोग गरिएको हो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, सदस्य अशोक कुवर, सल्लाहकार बोनिन पिया, संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले आश्रमका अध्यक्ष डोल बहादुर राम्दानलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

महासंघका सल्लाहकार बोनिन पियाले देशब्यापी रुपमा सामाजिक काम गर्दै दिवस मनाएको बताए ।
संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले उद्योगीहरुको हकहितसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको बताए। केन्द्रीय नीति अनुसार जिल्लामा आश्रमलाई सहयोग गरि दिवस मनाएको उनले बताए ।

आश्रमका अध्यक्ष डोल बहादुर राम्दानले समाजका दाताहरुको सहयोगमा आश्रम संचालन भएको बताए ।
संघका सल्लाहकार माधव पौडेल, उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफ्ले, क‍ोषाध्यक्ष अशोक कुवरले समाज रुपान्तरणमा संघसंस्थाको अगुवाई हुनुपर्ने बताए ।

आश्रममा हाल ३५ जना अनाथहरु अाश्रित छन ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ९ : ०६ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार