२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

स्थापना दिवसमा आश्रमलाई सहयोग



बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघको छैटौ स्थापना दिवसको अवसरमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो ।

बुटवल फर्निचर उद्योग संघको आयोजनामा विहिबार देविनगरस्थित नेपाल अपाङ आश्रमलाई सहयोग गरिएको हो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, सदस्य अशोक कुवर, सल्लाहकार बोनिन पिया, संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले आश्रमका अध्यक्ष डोल बहादुर राम्दानलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

महासंघका सल्लाहकार बोनिन पियाले देशब्यापी रुपमा सामाजिक काम गर्दै दिवस मनाएको बताए ।
संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले उद्योगीहरुको हकहितसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको बताए। केन्द्रीय नीति अनुसार जिल्लामा आश्रमलाई सहयोग गरि दिवस मनाएको उनले बताए ।

आश्रमका अध्यक्ष डोल बहादुर राम्दानले समाजका दाताहरुको सहयोगमा आश्रम संचालन भएको बताए ।
संघका सल्लाहकार माधव पौडेल, उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफ्ले, क‍ोषाध्यक्ष अशोक कुवरले समाज रुपान्तरणमा संघसंस्थाको अगुवाई हुनुपर्ने बताए ।

आश्रममा हाल ३५ जना अनाथहरु अाश्रित छन ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ९ : ०६ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,