२२ भदौ २०८३, सोमबार | September 8, 2026

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ



नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वाका फहद खाँ रहेका छन् ।

खाँले स्थानीय प्रदीप बर्मालाई राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाएपनि तलव दिन नसकेपछि आफै प्रहरीको फन्दामा परेका हुन् । जागिर पक्का भएको भन्दै बर्माबाट २६ हजार घुस भनेर बुझेका खाँसँग बर्माले जागिर खाएको महिना पुगेपछि तलव माग्दा खाँ सम्पर्क बिहिन भएपछि बर्मा आफै प्रहरीमा पुगेर उजुरी दिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेरोजगार बर्मालाई खाँले सरकारी जागिर खुवाउने कुरामा आश्वास्त पार्दै बर्मासँग शैक्षिक योग्यताका प्रमाणपत्रहरु समेत मागेर सरकारी छाप किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र बर्मालाई थमाएका थिए ।

आफुलाई दिइएको नियुक्तीपत्र नक्कली हो वा सक्कली भनेर पहिचान नगरि अनुसन्धानका कर्मचारी भएर हिँडेका बर्माले तलव मागेपछि खाँ सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । जागिर खुवाए वापत बर्माले गत भदौं ३ गते खाँलाई नगद २६ हजार बुझाएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

बर्माको उजुरीका आधारमा आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डीएसपी डाँगीले बताए । प्रहरीले खाँ सहितको गिरोहले अन्नय सर्वसाधारणलाई समेत सरकारी कागजात र छाप किर्ते गरि नियुक्ति दिउको हुन सक्ने भन्दै प्रहरीमा सूचना गर्न आग्रह गरेको छ ।

प्रहरीले आजै ४ वटा राँगा भन्सार छलेर नेपाल भित्राउँदै गरेको अवस्थामा बरामद गरेको छ । प्रहरी देखेर राँगा ल्याउँदै गरेका ब्यक्तिहरु भागेको प्रहीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार