४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंको सितापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार, एसिड प्रहार गरेको आरोपमा दुईजना पक्राउ



काठमाडौं । राजधानीको सीतापाइलामा एक युवतीमाथि बिहीबार एसिड प्रहार भएको छ ।

बिहीबार साँझ एसिड प्रहार भएकी युवतीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ ।

ती युवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो ।

राति ११ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार भएको हो । उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी फरार भएका थिए । उनी आफन्तसँग बस्दै आएकी थिइन् ।

पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ ।

एसिडले युवतीको अनुहार र हातमा जलन भएको छ । एसिड प्रहार गर्नेको पहिचान खुल्न सकेको छैन । खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको