२८ भदौ २०८३, आइतबार | September 13, 2026

तेस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० पुस २ गतेबाट सुरु



बुटवल । बुटवलमा रहेको कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस २ गतेबाट तेस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारि पूरा भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र/छात्रा) पाच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरि कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने उनले बताए । यो वर्ष प्रतियोगितामा नया खेलका रुपमा तेक्वान्दोलाई समावेश गरिएको उनले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि द्घितिय टिमले ३० हजार, तृतिय टिमले नगद २० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

एक समोराहका बिच बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुन, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, शिक्षक अभिभावक संघ अध्यक्षय केशवराज पोखरेल, विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले रनिङशिल्ड अनावरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलाडी उत्पादनको आधार विद्यालय खेलगतिविधि भएको भन्दै आफुुहरु यसमा जोड दिदै आएको बताए । प्रतियोगितामा जिल्ला भरिका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढि विद्यार्थीहरुले खेलमा प्रतिस्पर्धा गर्ने खेल संयोजक हरिस वलीले बताए । गतवर्ष कुवरवर्ति विजेता रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : १८ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब