२२ भदौ २०८३, सोमबार | September 7, 2026

भन्सार गरेर भित्रिएका सामानमा राजश्वको छापा पर्न थालेपछि ब्यवसायी आक्रोशित

ब्यवसायी भन्छन् 'भन्सार पास गर्ने कर्मचारीलाई उन्मुक्ति ब्यवसायीलाई मात्र कारवाही किन ?'



नेपालगन्ज । भन्सार कार्यालय नेपालगन्जका अधिकारी र ब्यापारीको मिलोमतोमा भन्सार पास भएरपनि फर्जी भेटिएका ब्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालयले आर्थिक कारवाही गरेपछि ब्यवसायीले आक्रोश ब्यक्त गरेका छन् । भन्सारमा प्रज्ञापनपत्र भरि राजश्व तिरेर भन्सार पास भएका ४ वटा सवारी साधनका सामाग्रीबाट राजश्व छलेको पुष्टी गर्दै जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सार्वजनिक गरेसँगै ब्यवसायीको आक्रोश पनि सार्वजनिक भएको हो ।

उनले सामाजिक सञ्जाल मार्फत भन्सार पास भएका सवारी साधनमा राजश्व छलेको पुष्टी भएर जरिवाना असुल गरेको सार्वजनिक गरेपनि भन्सार छल्ने ब्यापारी र राजश्व छल्न सघाउने भन्सार अधिकारीको नाम भने सार्वजनिक गरेका छैनन् । प्रजिअको स्टेटसका बारेमा बुझ्न उनीसँग सम्पर्क गर्दा आफुलाई जुन रिपोर्ट आयो त्यही सार्वजनिक गरेको बताए ।

प्रजिअ पोखरेलले भन्सार नाकामा प्रज्ञापन पत्र भरी राजस्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावण देखि हाल सम्म ‘राजस्व चुहावट भएको भरपर्दो सूचनाको आधारमा’ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर राजस्व अनुसंधान कोहलपुरमा बुझाएको केशहरुको बिवरण र त्यसमा राजस्व अनुसन्धानबाट भएको छानबिन पछि पुष्टि भएको चुहावटको आधारमा निर्धारण भएको जरिवाना रकमको बिवरण सार्वजनिक गरेको जनाएका छन् ।

‘भन्सार तिरेको प्रमाण नभएको मालबस्तु जफत गरि भन्सारमा बुझाईन्छ तर भंसारमा राजस्व बुझाएको भए पनि मूल्य , परिमाण , बस्तुको प्रकृति हेराफेरी गरि राजस्व चुहावट भएको सूचना प्राप्त भएमा राजस्व अनुसंधान बुझाईने कानूनी अभ्यास छ !!’ उनले लेखेका छन् ।

उनले भन्सार प्रकृया पूरा हुँदैमा अन्य नियामक निकायले छानबिन गर्न मिल्दैन भन्नू उपयुक्त नहुने पनि बताएका छन् । पोखरेलले सवारी साधन र माल वस्तुको बिवरण सहित जरिवाना रकम सार्वजनिक गरेपनि राजश्व चुहावटमा सघाउने भन्सार अधिकारीलाई उन्मुक्ति दिन खोजेको ब्यवसायीको आरोप छ ।

भन्सारका अधिकारीको सहयोग बिना राजश्व चुहावट असम्भव भएको भन्दै उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सुरीले प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई बचाउन खाजेको आरोप लगाए । भन्सार कै कर्मचारीले राजश्व छल्न सिकाउने गरेको बताउँदै उनले कारवाहीको दायरमा ब्यवसायीलाई मात्र ल्याउनु अन्याय हुने उनले बताए । ‘राजश्व छल्नेलाई कारवाही हुनुपर्नेमा फरकमत होईन, तर राजश्व छल्न सघाउने कर्मचारीपनि कारवाहीको दायरामा आउनु पर्छ ।’ उनले भने ।

यसै हप्ता नेपालगन्जको न्यूरोडका एक ब्यवसायीले भन्सार पास गराएर पसलमा ल्याउको गाडी अनलोड गर्न खोज्दा सशस्त्र प्रहरीले हस्तक्षप गरि राजश्व अनुसन्धानमा लैजान खोज्दा झडपको अवस्था सिर्जना भएको थियो ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले भन्सार पास गएर भित्रिएको मान वस्तु राजश्व बाहेक सस्शस्त्र प्रहरीलाई बरामद गर्ने अधिकार नभएको बताए । सीमा सुरक्षा गर्न बसेको प्रहरीले भन्सारका कर्मचारीले जाँच पास गरेको सामान खोज्दै हिँड्नु गैरकानुनी भएको भन्दै उनले राजश्व अनुसन्धान बाहेक अन्य निकायले गरेको बरामदी ब्यवसायीलाई स्वीकार्य नभएको बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार