१८ माघ २०८२, आइतबार | February 1, 2026

राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति



काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिक्रेट खेलाडीहरुलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ ।

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको बताए ।

निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताए ।

फिनिक्स कलेजले यस अघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोर, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो । कलेजले खेलकुद मार्फत अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएको छ ।

काठमाडौंको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिङ्कन विश्वविद्यालय अन्तर्गतका एमबीए, बिबिए, बिएचएम, एमसीएस र बिआइटी कार्यक्रम संचालित छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ३१ बजे

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१