४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिलोत्तमामा हातहतियार सहित २ जना पक्राउ



बुटवल । तिलोत्तमामा दिनदहाडै हातहतियार लिएर हिँडिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका ८ गणेशनगर करैया सामुदायिक वन क्षेत्रमा हातहतियार लिई हिँडेका दिपक परियार र कर्ण बहादुर परियारलाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा परिचालन गरिएको प्रहरी टोलीले परियार द्वयबाट भरुवा बन्दुक नाल-२, धातुको गोलीरछर्रा ३२ थान, फलामको काटिएको स-साना छर्रा ११० थान, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट थान-१, ११ नम्बर पाना थान-१, ११ नम्बरको रेन्चि थान-१, हसिँया थान-१, चक्कु थान-१, दाउ थान-१ बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुलाई हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ०३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज