३१ बैशाख २०८१, सोमबार | May 14, 2024

भैरहवामा मदिरा ब्यवसायीले गरे रक्तदान



भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । भैरहवास्थित भीम अस्पतालमा आयोजित कार्यक्रममा ३० युनिट रगत संकलन भएको संघका उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आगामी दिनमा पनि मदिरा व्यवसायी संघले गर्ने कार्यक्रममा अस्पतालको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले रक्तदान महादान भएको र यस्तो कार्यक्रम आयोजना गर्ने मदिरा व्यवसायी संघ भैरहवालाई धन्यवाद दिए । उनले भने, ‘रक्तदान एकदमै राम्रो काम हो । रगतको विकल्प रगत नै हो । यसले मानिसको ज्यान बचाउँछ ।‘

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले वार्षिक कार्ययोजना अनुसार संघले रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले गत वर्ष संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको स्मरण गरे । उनले भने, ‘संस्थाको स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएका छौं, वार्षिक रुपमा संस्थाले करिब २५ वटा कार्यक्रम गर्दै आएको छ, जसमध्ये रक्तदान कार्यक्रम पनि एउटा हो ।’

संघका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यता, संघका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक विनोद आचार्यको स्वागत, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पुस ६ गते हुने भएको छ । संघको कार्यसमितिको बैठकको निर्णय बमोजिम पुस ६ गते शुक्रबार दिउँसो १ बजेदेखि भैरहवास्थित होटल सनस्टारमा साधारणसभा सुरु हुने अध्यक्ष केशवराज ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ५९ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक