१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

भैरहवामा मदिरा ब्यवसायीले गरे रक्तदान



भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । भैरहवास्थित भीम अस्पतालमा आयोजित कार्यक्रममा ३० युनिट रगत संकलन भएको संघका उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आगामी दिनमा पनि मदिरा व्यवसायी संघले गर्ने कार्यक्रममा अस्पतालको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले रक्तदान महादान भएको र यस्तो कार्यक्रम आयोजना गर्ने मदिरा व्यवसायी संघ भैरहवालाई धन्यवाद दिए । उनले भने, ‘रक्तदान एकदमै राम्रो काम हो । रगतको विकल्प रगत नै हो । यसले मानिसको ज्यान बचाउँछ ।‘

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले वार्षिक कार्ययोजना अनुसार संघले रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले गत वर्ष संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको स्मरण गरे । उनले भने, ‘संस्थाको स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएका छौं, वार्षिक रुपमा संस्थाले करिब २५ वटा कार्यक्रम गर्दै आएको छ, जसमध्ये रक्तदान कार्यक्रम पनि एउटा हो ।’

संघका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यता, संघका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक विनोद आचार्यको स्वागत, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पुस ६ गते हुने भएको छ । संघको कार्यसमितिको बैठकको निर्णय बमोजिम पुस ६ गते शुक्रबार दिउँसो १ बजेदेखि भैरहवास्थित होटल सनस्टारमा साधारणसभा सुरु हुने अध्यक्ष केशवराज ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ५९ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति