२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

त्रिविको ४९ औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा



काठमाडौं । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ ।

उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति तथा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको उक्त समारोहमा त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए ।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका थिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १ : ३५ बजे

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८

त्रिभुवन विश्वविद्यालयमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् ।