६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि



काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन काठमाडौंमा शनिबार शुरु हुँदैछ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले ​गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा ७८२ प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका कांग्रेसबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी हुनेछन् ।

यस्तै महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : २१ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र