२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

अध्यक्ष प्रचण्डलाई मुख्यमन्त्री शंकर पोखरेलको कटाक्ष, – आफु प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउने ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद झन गम्भीर बन्दै गएको छ । विवाद समाधानका लागि स्थायी कमिटी बैठक स्थगित गरेर शिर्ष नेताहरुबीच सहमति खोज्ने भनिएपनि स्वयं नेताहरु नै एकअर्कोप्रति सार्वजनिक रुपमै गम्भीर आरोप वर्षाउन थालेका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमा नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि कटाक्ष प्रहार गरे ।

नेपालको नयाँ नक्शा र एमाले पार्टी दर्ताबारे प्रचण्डले ओलीमाथि गम्भीर सवाल उठाएका थिए । अध्यक्ष प्रचण्डले पार्टीको निर्णयका आधारमा सरकारले कालापानी सहितको नक्सा सार्वजानिक गरेको भन्दै नक्साका बिषयलाई लिएर देवत्वकरण गरिएको भन्दै प्रधानमन्त्री केपी ओली प्रति लक्षित गर्दै टिप्पणी गरेका थिए ।

त्यसको जवाफमा ओली निकट स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कडा प्रतिवाद गर्दै व्यङ्गात्मक प्रतिवाद गरेका छन् ।

अध्यक्ष प्रचण्डले ओलीमाथि टिप्पणी गरेको भोलिपल्ट आज शनिबार बिहानै मुख्यमन्त्री पोखरेलले आफु प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको? भन्दै कटाक्ष गरेका छन् ।

पोखरेलले ‘आफु प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको ?’ भनेर अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रचण्डको भनाईलाई नै कटाक्ष गर्दै दुईपटक प्रधानमन्त्री हुँदा कालापानी विवाद थाहा नपाउने प्रधानमन्त्री भनेर जवाफ फर्काएका छन् ।

पार्टी एकताका पक्षमा दुई अध्यक्षलाई मिलाउन भूमिका खेलिरहेका भनिएका पोखरेलले अहिलेसम्म नेता लक्षित गरेर फेसबुकमा स्टाटस हालेका थिएनन् ।

पोखरेलको या स्टाटसको मूल्यबोधले नेकपाभित्रको सत्तासंघर्ष कुन स्तरसम्म पुगेको रहेछ भनेर प्रष्ट हुन्छ । आम रुपमा ओली पक्षधर शिर्ष नेताहरु अर्को समुहका शिर्ष नेताप्रति र पार्टीकै शिर्ष नेतृत्वप्रति सार्वजनिक रुपमा आक्रोश पाखेको देखिएको थिएन । मध्यम र तल्लोस्तरका नेता कार्यकर्ताबाट तल्लोस्तरको दुर्वचन जारी रहेपनि प्रभावशाली नेताबाट अर्का अध्यक्षप्रति गरिएको यो कटाक्षले नेकपा निकै संकटपूर्ण अवस्थामा रहेको बुझ्न सकिन्छ ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक १६ गतेपछि तिक्ततापूर्ण रुपमा परिवर्तन भएपछि पटकपटक स्थगित हुँदै आएको छ । पार्टी फुटको अवस्थासम्म पुगेको नेकपा अहिले सानो त्यान्द्रोबाट मात्रै जोडिएको छ । भावनात्मक रुपमा शिर्ष नेताहरुबीच पार्टी फुटका लागि प्रयास भैरहेको छ । यद्यपी, कुनै पनि पक्षले अहिले पार्टी फुटको अपजस लिन चाहेको देखिँदैन ।

सहमति र समझदारीका साथ एकता महाधिवेशनसम्म पुग्ने वाचा गरेको नेकपा दुई वर्ष नपुग्दै बहुमत र अल्पमतका आधारमा हिँड्न थालेपछि अन्तिम निस्कर्ष फुटको विकल्प देखिँदैन ।

दुईपक्षका नेताहरुमा रहेको अहंकारी र हुँडारे प्रवृति एवं अस्थिरता, ढुलमुल, इष्र्या र कुण्ठाग्रस्त मनोग्रन्थीले नेकपालाई क्षयीकरण गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : १३ बजे

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

पर्वतमा अफ्रिकन स्वाइन फिभरले ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन