१८ असार २०८३, बिहिबार | July 2, 2026

खुल्ला नकआउट फूटबल प्रतियोगिता : न्यु दर्पण बिजयी



खजुरा । बाँकेको खजुरा ४ ई गाउँमा शनिबारदेखि जारी खुल्ला नकआउट फूटबल प्रतियोगिताको आइतबारको खेलमा आयोजक न्यू दर्पण युवा स्पोर्ट्स क्लव सि बिजयी भएको छ । न्यु दर्पणले युनाइटेड वारीयर नेपालगन्जलाई ० का विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै बिजयी भएको हो । न्यू दर्पणका अविशेष सुनारले बिजयी गोल गरेका थिए । म्यान अफ म्याच सुनारलाई समाजसेवी शंकर रावत र युनाइटेड स्कुल नेपालगन्जका प्राचार्य सतानन्द उपाध्यायले नगद पुरस्कार दिए ।

न्यू दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गते सम्म संचालन हुने प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।

प्रतियोगिताको बिजेतालाई १ लाख,दोश्रो हुनेलाई ५१ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ । ई गाउँस्थित मनकामना माविको खेल मैदानमा सोमबार अरुणोदय स्कुल खजुरा र पुल्चोक युवा सन्जाल र जेवाइसी चिसापानी र ब्रदर एफसी बीच खेल हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : १८ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३