२९ भदौ २०८३, सोमबार | September 14, 2026

पूर्वराजा ज्ञानेन्द्रकाे रोजाइमा बुटवलको ड्रिम इन्टरनेशनल होटल



बुटवल । एक हप्ता लामो भ्रमण कार्यतालिका लिएर रुपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहले मगलबार बुटवलको कालिकापथ मिलनचोकमा रहेको ड्रिम इन्टरनेश्नल होटलमा २ घण्टा लामो समय बिताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित सोमबार रुपन्देही आइपुगेका शाह परिवारसहित भैरहवा बसेपनी खाना खान बुटवलमा आएका हुन् ।

यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी नै नदिई दिउँसो १२ बजे बुटवल आइपुगेका शाह परिवार २ बजेपछि मात्रै भैरहवा फर्केको थियो । भिडभाड र सुरक्षा झमेलाभन्दा टाढा रहेर शान्त वातावरणमा व्यतित गर्ने चाहना अनुसार यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी नदिई पूर्वराजा बुटवलमा आएको उनको सचिवालयले जानकारी दियो । यद्यपि पूर्व राजा आएको आधा घण्टापछि मात्रै यहाँका सुरक्षा निकाय खटिन आएको थियो ।

पूर्वराजा शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देहीका साथै कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने बताइएको छ ।

उनको भ्रमण तालिका र सार्वजनिक गरिएको छैन । उनी १९ गतेसम्म बस्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजा शाह पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  २ : ५१ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा