१० पुस २०८२, बिहिबार | December 26, 2025

देशमा हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले सकिंदैन, हुँदैन भन्ने नकारात्मकता सृजना गराएर समाजको सिर्जनात्मकता नै मार्न खोजिएको बताएका छन् ।

प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।

एकथरीले नियोजित रुपमै नकारात्मक मानसिकतालाई मलजल गरेको भन्दै उनले देशमा सबै नराम्रो मात्र भइरहेको भास्य सृजना गरिएको टिप्पणी गरे ।

प्रधानमन्त्री प्रचण्डले प्रश्न गरेका छन् ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ?’

नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको उनको भनाई छ । लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै उनले ८० वर्षमा नभएको काम एक वर्षमा भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताउँदै भनेका छन्, ‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’– उनले भने– ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ।’

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३४ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र