८ बैशाख २०८३, मंगलबार | April 21, 2026

दिल्लीस्थित इजरायली दुतावासमा भएको विष्फोट, अनुसन्धान जारी



नयाँदिल्ली । इजरायली दूतावास पछाडी विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अधिकारीहरूले भने कि दिल्ली पुलिसले मंगलबार साँझ नयाँ दिल्ली जिल्ला स्थित इजरायल दूतावास नजिकै विस्फोट भएको जानकारी प्राप्त गरेको थियो ।

प्रहरी स्रोतका अनुसार इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र इजरायल दूतावास परिसर पछाडिको  विस्फोट स्थल नजिकै भेटिएको छ ।

नयाँ दिल्लीस्थित इजरायली दूतावासले भने कि ‘हामी दूतावास नजिकै साँझ ५ः१० बजे विस्फोट भएको पुष्टि गर्न सक्छौं ।’ दिल्ली पुलिस र सुरक्षा टोलीले अझै पनि स्थितिको अनुसन्धान गरिरहेका छन् ।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार हिजो साँझ ५ः४७ बजे आएको थियो र दिल्ली पुलिसको पुलिस कन्ट्रोल रुम (पिसिआर) बाट स्थानान्तरण गरिएको थियो। प्रहरी र दमकलको टोली घटनास्थलमा रहेको र खोजी कार्य जारी रहेको उनले बताए । हाल इजरायली दूतावास नजिकै दिल्ली प्रहरीको क्राइम युनिट र फोरेन्सिक टोलीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

दिल्ली फायर सर्भिसका निर्देशक अतुल गर्गले भने, ‘घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन ।’ यससँगै दिल्ली प्रहरीले पनि अहिलेसम्म कुनै विस्फोटक पदार्थ नभेटिएको तर खोजी कार्य जारी रहेको बताएको छ ।

इजरायली दूतावास नजिकै रहेको केन्द्रीय हिन्दी तालिम प्रतिष्ठानमा तैनाथ गार्ड तेजु क्षेत्रीले साँझ करिब पाँच बजे सो घटना भएको बताए । ‘गेटभित्र ड्युटीमा थिए, आवाज आयो, टायर फुटेको जस्तो लाग्यो, केही बेर यता उता हेरे, भित्र केही थिएन, त्यसपछि हामीले बाहिर हेरयौं र रूखको छेउमा धुवाँ उठिरहेको देख्यौं, आवाज निकै चर्को थियो,’ उनले भने ।

अहिलेसम्म सो घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, प्रहरी अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : १२ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति