२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

संघसंस्थाहरुसंग सहकार्य गर्दै अभियान थाल्ने ट्राफिक प्रहरीको तयारी



बुटवल । ट्राफिक ब्यवस्थापन सुधार गर्न संघसंस्थाहरुसंग सहकार्य गरि अघि बढ्ने ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक डम्बर बहादुर विश्वकर्माले बताएका छन ।

प्रदेश पाचको राजधानी रुपन्देहीसहित प्रदेशमा लकडाउनको अवधिमा समेत धेरै दुर्घटना बढ्नु चिन्ताजनक भएको भन्दै दुर्घटना न्युनिकरणमा सबै लाग्नुपर्ने उनले बताए । लकडाउन अवधिमा ४ सय ३१ सवारीबाट ३ सय २७ दुर्घटनाको भएको र जसमा ९६ जना मानिसको मृत्यु तथा ४ सय ५५ जना घाईते भएको उनले बताए ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ३२ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीसंगै सरोकारवालाहरु यस विषयमा संवेदशसिल हुनुपर्ने बताए ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ बिरुद्ध आम नागरिकलाई सचेतना जगाउने काममा संघसंस्थाहरु लाग्नुपर्ने बताए । लकडाउन खुलेसंगै अब दुरी कायम र मास्क प्रयोगलाई ध्यान दिनुपर्ने उनले बताए । ट्राफिक प्रहरीमार्फत आम नागरिकलाई सचेतना जगाउन ५ सय थान मास्क ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक डम्बर बहादुर विश्वकर्मालाई क्लबका अध्यक्ष ज्ञवालीले हस्तान्तरण गरेका छन ।

कार्यक्रममा पुर्वअध्यक्ष बालकृष्ण अर्याल, नबिन श्रेष्ठ, सम्मानित सदस्य भुवनसिह विश्वकर्मा, पत्रकार दामोदर खनालले दुर्घटना न्युनिकरणका लागि नया योजना ल्याउने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४२ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,