२४ बैशाख २०८१, सोमबार | May 7, 2024

संघसंस्थाहरुसंग सहकार्य गर्दै अभियान थाल्ने ट्राफिक प्रहरीको तयारी



बुटवल । ट्राफिक ब्यवस्थापन सुधार गर्न संघसंस्थाहरुसंग सहकार्य गरि अघि बढ्ने ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक डम्बर बहादुर विश्वकर्माले बताएका छन ।

प्रदेश पाचको राजधानी रुपन्देहीसहित प्रदेशमा लकडाउनको अवधिमा समेत धेरै दुर्घटना बढ्नु चिन्ताजनक भएको भन्दै दुर्घटना न्युनिकरणमा सबै लाग्नुपर्ने उनले बताए । लकडाउन अवधिमा ४ सय ३१ सवारीबाट ३ सय २७ दुर्घटनाको भएको र जसमा ९६ जना मानिसको मृत्यु तथा ४ सय ५५ जना घाईते भएको उनले बताए ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ३२ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीसंगै सरोकारवालाहरु यस विषयमा संवेदशसिल हुनुपर्ने बताए ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ बिरुद्ध आम नागरिकलाई सचेतना जगाउने काममा संघसंस्थाहरु लाग्नुपर्ने बताए । लकडाउन खुलेसंगै अब दुरी कायम र मास्क प्रयोगलाई ध्यान दिनुपर्ने उनले बताए । ट्राफिक प्रहरीमार्फत आम नागरिकलाई सचेतना जगाउन ५ सय थान मास्क ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक डम्बर बहादुर विश्वकर्मालाई क्लबका अध्यक्ष ज्ञवालीले हस्तान्तरण गरेका छन ।

कार्यक्रममा पुर्वअध्यक्ष बालकृष्ण अर्याल, नबिन श्रेष्ठ, सम्मानित सदस्य भुवनसिह विश्वकर्मा, पत्रकार दामोदर खनालले दुर्घटना न्युनिकरणका लागि नया योजना ल्याउने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,