२९ भदौ २०८३, सोमबार | September 15, 2026

मानव सेवा आश्रमको आयोजनामा पुस १४ गते बुटवलमा ‘आमा सेमिनार’ हुने



बुटवल । पुस १४ गते शनिबार बुटवलमा ‘आमा सेमिनार’ हुने भएको छ । समाजिक सेवा भावमा लागेको मानव सेवा आश्रमको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र रामनगर बुटवलमा ‘आमा सेमिनार’ हुने भएको हो ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने माता पिताको महत्त्वबोध गराउनुका साथै प्रेम, करूणा आम जनतामा पुर्‍याउने उदेश्यले ‘आमा सेमिनार’ गर्न लागिएको मानव सेवा आश्रम बुटवलले जनाएको छ ।

बिहीबार बुटवलमा आयोजित आर्थिक वर्ष २०७९/०८० को आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुतिकरण एवं पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले अब कोहि पनि वृद्वाश्रममा बस्न नपरोस् भन्ने वातावरण बनाउन सेमिनार गर्न लागिएको बताए ।

अभावकाबीच पनि मानवीय सेवा सम्भव हुदोरहेछ भन्ने आश्रमले पुष्टि गरेको बताउँदै पवित्र उदेश्यले गरिने मानवीय सेवाका लागि कुनै किसिमको समस्या नहुने उल्लेख गरे ।

संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले मानवता प्रवर्द्धन अभियान महान कार्य भएको भन्दै हरेक किसिमका सेवामा पारदर्शिता जरुरी रहेको बताए । उनले धेरै सडक आश्रति मानवलसरूलाई आश्रममा राख्ने भन्दा पनि सडकमा जानै नपर्ने अवस्था सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आश्रमका अभियन्ता लोकनाथ भुसाल, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, आश्रमकी प्रदेश संयोजक सरू अधिकारी लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

२०७५ साल पुस ७ गते बुटवलको सुख्खानगरमा एउटा घर भाडामा लिएर सुरु गरिएको मानव सेवा आश्रममा हाल १६६ जना आश्रति रहेको आश्रमकि अभियन्ता टिकामाया थापाले बताइन् । १५ जना भारतीय सडक आश्रीत मानवहरूलाई समेत पारिवारिक पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

मानवसेवा आश्रममा हेटौंडामा केन्द्रीय कार्यालय रही सहयोगापेक्षी सडक मानव उद्धार, उपचार, पारिवारिक पुर्नमिलन लगायतको काममा देशैभर क्रियाशिल रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ४३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ