२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

बालकुमारी झडप : गोली लागि घाइते भएका दुई जनाको मृत्यु



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सरकारी गाडी आगजनी घटनामा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किस्ट अस्पतालमा र पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा रातो डाम देखिएको छ ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ३७ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले