७ पुस २०८२, सोमबार | December 22, 2025

मालिका सहकारीद्वारा एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



बुटवल । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बुटवलको देवीनगरमा रहेको सहकारीले संचालक समिति तथा कर्मचारीहरुको क्षमता वृद्धि गर्नको लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो ।

न्यू होराइजन इंग्लिस बोर्डिङ्ग स्कुल कालिकानगरको सभाहलमा सम्पन्न एकदिने तालिममा लुम्बिनी प्रदेश सहकारी बैंक लिमिटेडका प्रमुख नारायण बेल्बासेले प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।

सहकारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी, लेखा परिक्षण समिति, अन्य विभिन्न उपसमितिका संयोजकको क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिएको सहकारीका अध्यक्ष अध्यक्ष कपिल आचार्यले बताए । सहकारीमा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै सहकारीको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुपर्ने आचार्यले बताए ।

तालिममा सहकारीका नयाँ निति नियमका बारेमा छलफल साथै सहकारी ऐन अन्तर्गत विनियम २०७५ का छलफल गरीएको थियो भने ७ ओटा आधारभूत सिद्धान्त र १० ओटा सिद्धान्तको बारेमा पनि छलफल गरीएको अध्यक्ष आचार्यले बताए । तालिममा संचालक समितिको काम, कर्तव्य र अधिकारको बारेमा छलफल गर्नुको साथै सहकारीलाइ अझै परिस्कृत गरेर लान सकिन्छ भन्ने बारेमा पनि छलफल भएको आचार्यले बताए ।

संचालक समितिका सल्लाहाकार यज्ञश्वर शर्मा, निवर्तमान अध्यक्ष चित्र वर्मा लगायत ३५ जना सहभागिता रहेको तालिममा सस्थाका सचिव सुसिल नेपालले कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष कपिल आचार्यले तालिममा उपस्थित सबैलाइ स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए ।

सहकारीको १६ ओैं स्थापना दिवसको अवसरमा केही दिन अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ०६ बजे

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका