२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम



बुटवल । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ को रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुल नाराका साथमा कार्यक्रम भएको हो ।

सहकारीको १६ ओैं स्थापना दिवसको सन्दर्भमा कार्यक्रम गरिएको अध्यक्ष कपिल आचार्यले बताए । सहकारीले हरेक बर्ष यसप्रकारको सामाजिक काम गर्दै आएको उनको भनाइ छ ।

उनले १ हजार २ सय सदस्य र ३० करोडको कारोबार गरिरहेको सहकारीमा नया सदस्यको संख्यामा समेत वृद्धि भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले रक्तदान सबैभन्दा ठुलो धर्म भएको बताए ।

कार्यक्रममा संयोजक उपाध्यक्ष बिमलराज घिमिरे, सचिव सुशील नेपाल, सहसंयोजक अर्जुन कुवर, लिलाधर खनाल, ,यज्ञेश्वर मरासिनी ,रामराज लामिछाने लगायतले बोलेका थिए । सहकारीले बुटवल, तिलोत्तमा, सैनामैना र देवदहलाइ कार्यक्षेत्र बनाएको छ ।

रक्तस‌चार केन्द्र बुटवलले प्राबिधिक सहयोग गरेको साे कार्यक्रममा ७३ युनियट रगत संकलन भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : २१ बजे

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनल

यस्तो छ चलचित्र ‘काजी’को कथा

काठमाडौं । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई घाइते

जनकपुर । महोत्तरीमा डाँका चोरीमा संलग्न समूहले गोली प्रहार गर्दा

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का