८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम



बुटवल । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ को रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुल नाराका साथमा कार्यक्रम भएको हो ।

सहकारीको १६ ओैं स्थापना दिवसको सन्दर्भमा कार्यक्रम गरिएको अध्यक्ष कपिल आचार्यले बताए । सहकारीले हरेक बर्ष यसप्रकारको सामाजिक काम गर्दै आएको उनको भनाइ छ ।

उनले १ हजार २ सय सदस्य र ३० करोडको कारोबार गरिरहेको सहकारीमा नया सदस्यको संख्यामा समेत वृद्धि भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले रक्तदान सबैभन्दा ठुलो धर्म भएको बताए ।

कार्यक्रममा संयोजक उपाध्यक्ष बिमलराज घिमिरे, सचिव सुशील नेपाल, सहसंयोजक अर्जुन कुवर, लिलाधर खनाल, ,यज्ञेश्वर मरासिनी ,रामराज लामिछाने लगायतले बोलेका थिए । सहकारीले बुटवल, तिलोत्तमा, सैनामैना र देवदहलाइ कार्यक्षेत्र बनाएको छ ।

रक्तस‌चार केन्द्र बुटवलले प्राबिधिक सहयोग गरेको साे कार्यक्रममा ७३ युनियट रगत संकलन भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : २१ बजे

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अ न्तर्गत दुवै सदनको बैठक आज बस्दैछन्

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु