११ श्रावण २०८३, सोमबार | July 27, 2026

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन



काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको जाँचबुझ गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । उच्चअदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगको सदस्यहरुमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् । प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको आयोगले आजैदेखि काम गर्ने मन्त्री शर्माले बताइन ।

यही शुक्रबार बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन चाहने युवाहरुको प्रदर्शनमा प्रहरीले गोली र लाठी प्रहार गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । सो घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।

गृहमन्त्रायलले सोही दिन घटनाबारे छानबिन गर्न प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ३७ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील