३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

क्यानेडा र हङकङको चेम्बरसंग जोडियो लुम्बिनी प्रदेश चेम्बर

साझेदारी र सहकार्य गर्ने समझदारी



लुम्बिनी । लुम्बिनी प्रदेश चेम्वर अफ कमर्सले विभिन्न अन्तरराष्ट्रिय चेम्बर शाखाहरुसंग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङ स्थित नेपाल हङकङ चेम्वर अफ कमर्स, हिन्दू चेम्वर अफकमर्स, क्यानडा तथा नेपाल-क्यानडा चेम्वर अफ कमर्सका वीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्वर लुम्विनीका अध्यक्ष टंक प्रसाद पोेखरेलले जानकारी दिए ।

नेपाल भ्रमणका क्रममा बुधवार लुम्विनी आइपुगेका हिन्दू चेम्वर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल-क्यानडा चेम्वर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्वर अफ कमर्सका प्रतिनिधि वीच समझदारी पत्रमा हस्ताक्षर भयो । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सभा कक्षमा भएको भेटवार्तामा लुम्बिनीचेम्वरका तर्फबाट अध्यक्ष टंक प्रसाद पोखरेल र नेपाल क्यानडा चेम्वरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्वर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गरे । यसअघि गत महिना नेपाल चेम्वर अफ कमर्स हङ्कङका प्रतिनिधिसंग लुम्विनी चेम्वरका अध्यक्ष पोखरेलले समझदारी गरेका थिए । उक्त समझदारी पत्रमा हङ्कङ चेम्वरका तर्फबाट सभापति लाल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।

तिन वटै चेम्वरसंग भएका समझदारीमा एक अर्का वीच सहकार्य गर्ने, अन्तरराष्ट्रिय फोरमहरुमा लुम्बिनी चेम्वरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तरक्र्रियाहरुलाई नियमित बनाउने, अनुभवहरुको आदानप्रदान गर्ने तथा ब्यवसायिक भ्रमणहरु गर्ने समझदारी छ । समझदारीमा लुम्विनी प्रदेशमा रहेका ब्यवसायिक सम्भावनाहरुको प्रबद्र्धनका लागि सहयोग गर्ने सहमति समेत भएको छ ।

त्यस्तै एक अर्काका आधिकारीक सामाजिक सञ्जालहरुमा चेम्वरले गरेका गतिविधि, घटना, समाचार लगायतका सामग्री सेयर गर्ने सम्झौता समेत भएको छ । समझदारीपछि अनुभव आदान प्रदान गर्दै लुम्विनी चेम्वरका तर्फबाट अध्यक्ष पोखरेलले यहां पर्यटन, कृषि लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको वताउंदै आफुहरु यहांको पर्यटन प्रबद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले क्यानडाबाट लुम्विनी भ्रमणमा आएका पाहुनाहरुलाई लुम्विनीको महत्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिए ।

कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका नायव महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्विनीको प्रचार प्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आब्हान गरे ।

क्यानडाका तर्फबाट सहभागि प्रतिनिधिहरुले पनि बुद्ध जन्मस्थल लुम्विनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रबद्र्धनका लागि आफुहरु सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्वरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सवै मिलेर प्रबद्र्धन गर्न र लाभलिन सकिने बताए ।

हिन्दू चेम्वर अफ कमर्स क्यानडाका अध्यक्ष नरेश चावडाले लुम्विनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफुलाई लोभ लागेको बताए । चेम्वर लुम्विनीसंगको समझदारीलाई नयां उचाइमा पुर्याउन आफु तत्पर रहने प्रतिक्रिया दिए । आगामी दिनमा लुम्विनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफुहरुको चाहना रहेको बताउंदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकहरुलाई सिधै लुम्विनी भ्रमणका लागि आब्हान गर्न सजिलो हुने धारणा राखे ।

लुम्बिनी चेम्वर अफ कमर्सका महासचिव जे.पी कंडेल, तिलोत्तमा चेम्वर अफ कमर्स, भैरहवा चेम्वर, परासी चेम्वर र पाल्पा चेम्वरका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागि थिए । क्यानेडियन चेम्वरको टोली लुम्विनी भ्रमण पश्चात आजै भारत प्रस्थान गरेको छ । टोलीले भारतपछि वंगलादेश र श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : २२ बजे

आज २६३ औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

निर्वाचन आउन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार