१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

हाउस अफ व्युटीद्वारा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण



बुटवल । विभिन्न प्रकृतिको सौन्दर्यकला सम्बन्धी तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवलको विपी चोकमा रहेको हाउस अफ व्युटीको आयोजनामा संस्थामा तालिम लिएका प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको हो ।

अन्तराष्ट्रिय मेकअफ आर्टिस तथा प्रशिक्षक सोनिस्ता लामा चन्द र सिईयो डा. दिपेन्द्र चन्दले आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरेका छन । १० दिन देखि ३ महिना सम्मको तालिम लिएका १ सय ५ जना नेल आर्टिस, हेयर आर्टिस, मेकअप आर्टिस, ब्युटिसियनलाई प्रमाण पत्र वितरण गरिएको हुन ।

कपिलवस्तुको चार नम्बर जीतपुरमा हाउस अफ व्युटीको मुख्य कार्यालय रहेको छ भने बुटवलको विपी चोकमा शाखा कार्यालय रहेको छ । यो भन्दा पहिला काठमाडौंमा २ पटक, चितवन र हेटौडामा १/१ पटक मेकअप सेमिनार समेत सम्पन्न गरिसकेको अन्तराष्ट्रिय मेकअप आर्टीस् तथा प्रशिक्षक सोनिस्ता लामा चन्दले जानकारी दिईन । उनले ब्राजिल, सिंगापुर र रसियाकाबाट अन्तर्राष्ट्रिय ब्युटि तालिम समेत लिईसकेकी छिन् ।

हाल सम्म ४ हजार बढिलाई तालिम प्रदान गरिसकेको जानकारी दिदै उनले अहिले भने हेयर, नेल, मेकअफ, स्कीन लगायतका विभिन्न विधामा तालिम प्रदान गरिएको जानकारी दिइन ।

तालिममा प्रमाणपत्र प्रदान गर्दै हाउस अफ व्युटीका मुख्य सञ्चालक समेत रहेकी चन्दले सिकेको सिपलाई व्यवहारमा लागू गरेर सौन्दर्यकला व्यावसायबाट राम्रो आम्दानी गर्न सकिने बताएकी थिईन । यो तालिममा काठमाडौं, ताप्लेजुङ, सुर्खेत, चितवन, गुल्मी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाबाट प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

प्रशिक्षक सोनिस्ता लामा चन्दका अनुसार हाउस अफ व्युटीमा हाल १३ जना भन्दा बढिले रोजगारी समेत पाएका छन् । चन्दका अनुसार प्रमाणपत्र वितरण कार्यक्रममा कर्मचारीहरुलाइ समेत सम्मान गरीएको जानकारी दिए ।

हाउस अफ व्युटीले अन्तराष्ट्रिय स्तरको व्युटी पार्लर सम्बन्धि सबै तालिम प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : १३ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै