१० पुस २०८२, बिहिबार | December 25, 2025

एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा आज संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न चाहेकोे बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा प्रस्तुत गर्ने तयारी गरिएको बताए । उनले भने, “आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभङ्ग गर्नेबारे छलफल भएको छ, बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ, आज त्यसको थालनी भएको छ ।”

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुने र त्यसका आधारमा बजेट बनाइने बताउँदै भने, “यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो, सरकारको नीति तथा कार्यक्रम, बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण एवं हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदैछौँ ।” उनले भने, “हामीले २१औँ शताब्दीको जनवादमा भनेका थियौँ, राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौँ, यो पनि आफैँमा त्यसको एक रूप हो ।”

सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष अझ प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीले बताए । उनले भने, “सरकारले एक वर्षको अवधिमा राम्रा काम गरेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि आवश्यक प्रयास जार छ । यसले देशभित्र र बाहिर उत्साह थपेको छ । यसमा नै टेकेर आगामी वर्ष अझ राम्रो गरिनेछ, सिङ्गो पार्टीले सरकारलाई सहयोग गरोस् ।”

अध्यक्ष प्रचण्डले चाँडै नै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसपछि पार्टी अझ व्यवस्थित बन्ने बताए । उनले भने, “पार्टी विधानको मस्यौदा तयार भएको छ । चाँडै स्थायी समितिको बैठक हुनेछ । पार्टीको विधान तल्ला कमिटीमा पठाउने निर्णय गर्छौं । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढाइनेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।”

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ४७ बजे

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान