२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

बुटवलको पार्किङ व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघको अग्रसरता



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघ पार्किङ ब्यवस्थापनमा अग्रसरता देखाएको हो ।

बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । संघको तीन बर्षे रणनीतिक योजना अन्तर्गत आइतबार संघको सचिवालयमा भएको पार्किङ व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गएिको हो ।

बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका बरिस्ठ उपाध्यक्ष टंकप्रसाद गैरे सह संयोजक रहेको कार्यदलमा बुटवल उपमहानगरपालिकाका, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका वडा नं ६, वडा नं ४ का प्रतिनिधि तथा रूपन्देही व्यापार संघ र रूपन्देही उद्योग व्यापार संगठनका प्रतिनिधि सदस्य रहेको संघका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले पार्किङको समस्याका कारण उपभोक्ताहरू बुटवलका पसलमा आउने क्रम कम हुदै जान थालेकोले संघले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको जानकारी गराए । पार्किङ ब्यवस्थापनले बुटवल बजारको सौन्दर्यकरण बढ्नुकासाथै बजार थप चलायमान हुने उनको विश्वास छ ।

अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठ, वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका राजश्व शाखाका उपनिर्देशक डोलराज पौडेललगायतले बुटवलमा पार्किङ ब्यवस्थापन जरुरी रहेको भन्दै उपयुुक्त पार्किङ स्थलको खोजि गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ३२ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन