८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपालगन्जमा इ-रिक्सामाथि उपमहानगरको ‘जेसीबी’ चल्यो



नेपालगन्ज । नेपालगन्जमा अबैध रुपमा संचालनमा रहेको इ-रिक्साहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले ‘जेसीबी’ लगाएर नष्ट गर्न सुरु गरेको छ । बिना कागजपत्र र बिना दर्ता संचालनमा रहेको इ-रिक्साहरु नियन्त्रणमा लिएर आवश्यक कागजपत्र सहित दर्ता गर्न लामो समयदेखि ताकेता गर्दा पनि रिक्साधनीहरु सम्पर्कमा नआएपछि उपमहानगरले ‘जेसीबी’ लगाएर रिक्सा नष्ट गर्न थालेको हो ।

आवश्यक कागजात र वैधता नदेखिएपछि अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरिएको नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टको सचिवालयले जनाएको छ ।

नगरमा अवैध इ-रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियान अन्तर्गत आज पहिलो दिन ५ वटा इ-रिक्सा नष्ट गरिएको र यो क्रम अब निरन्तर जारी रहने नगर प्रमुख प्रशान्त विष्टले बताए । नष्ट गरिएका इ-रिक्सा नष्ट गरेर कबाडमा दिइने उनले बताए ।

उपमहानगरका अनुसार नेपालगन्जमा सञ्चालनमा रहेका इ-रिक्साहरुलाई आवश्यक कागजात सहित उपमहानगरमा दर्ता गर्नका लागि पटक पटक सूचना गर्दापनि रिक्सा धनीहरु सम्पर्कमा नआएपछि नष्ट गर्नु परेको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २१ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड