११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रविरोधी गतिविधि हुन नदिन एमाले महासचिवको जोड



गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेका राजनीतक दल सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । महासचिव पोखरेलले राष्ट्रविरोधी गतिविधि हुन नदिनेतर्फ समाजका सबै वर्ग एकजुट हुनुपर्नेमा जोड समेत दिए ।

एमाले जिल्ला कमिटीद्वारा बुधबार गुल्मीमा आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता बढ्नु चिन्ताको विषय भएको बताए। उनले भने, “ लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको छ, राष्ट्र विरोधी र अराजक शक्ति हाबी भएका छन् । त्यसो हुन नदिन सबै राजनीतिक पार्टी एकताबद्ध हुन आवश्यक छ । ”

महासचिव पोखरेलले देशको विकासालाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नुको उद्देश्य पनि राष्ट्र र समाजकै विकास भएको बताए ।

तीन दिनसम्म सञ्चालन प्रशिक्षणमा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापाले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ३८ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०