३ चैत्र २०८२, मंगलबार | March 17, 2026

‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा



काठमाडौं । आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् । ती चलचित्रमार्फत तीन नयाँ अनुहार रजतपटमा भित्रिएका छन् । चलचित्र निर्माणको सङ्ख्या वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आगमन बढिरहेको हो ।

दीपक श्रेष्ठले निर्देशन गरेको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेतामा किरण श्रेष्ठले अभिनय प्रारम्भ गरेका छन । निर्देशक श्रेष्ठले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँ प्रतिभालाई कुनै न कुनैरूपमा अगाडि ल्याइरहेको जानकारी दिए ।

“नयाँ अनुहारलाई हामीले प्राथमिकता नदिए कसले दिन्छ रु हाम्रो कर्तव्य नै प्रतिभालाई पर्दाअगाडि ल्याउनु हो । यसपटक मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार हुनुहुन्छ”, उनले भने । उनी निर्देशित ‘हिम्मत’ मार्फत गायनमा दीपक लिम्बू, ‘पर्खी बसेँ’ मार्फत अभिनेता राजबल्लभ कोइराला र अभिनेत्री युना उप्रेतीलगायतले आफ्नो करिअर सुरुआत गरेका हुन । युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रमार्फत मुख्य भूमिकामा देखिएकी अभिनेत्री बुढाथोकीले आफू उत्साहित भएको बताइन ।

“अनुभवी निर्देशकसँग काम गर्दा मैले धेरै कुरा सिक्न पाएँ । यो अनुभव मेरा लागि आउँदो समयमा उपयोगी हुनेछ”, अभिनेत्री बुढाथोकीले भनिन, “अभिनयमा रुचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाबारे खुलेर घरमा भन्न सकेका छौँ । हामीजस्ता नयाँलाई अहिले सहज भएको छ ।” मण्डला नाटकघरमा सात वर्षमा तेह्र वटा नाटकमा अभिनय गरेका अभिनेता श्रेष्ठले चलचित्रमा हिरो बन्ने मौका बल्ल प्राप्त भएको बताए ।

“रङ्गमञ्चमा गरिरहेको अभिनय र चलचित्रमा भिन्नता हुने रहेछ । मैले नयाँ अनुभव प्राप्त गरेँ । यसले आगामी समयमा नाटकमा पनि मलाई सघाउने छ”, उनले भने, “म कलात्मक र व्यावसायिक भनिने दुवै चलचित्रमा काम गर्न चाहन्छु । किनकि म हिरो मात्र नभई कलाकार बन्न चाहन्छु ।”

उक्त चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायत कलाकारले पनि अभिनय गरेका छन । आजै प्रदर्शनमा आएको अर्को चलचित्र ‘चित्रा’ मार्फत अभिनेताको रुपमा सन्तोष अधिकारीले यात्रा सुरू गरेमन छन । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेको उनले आफू सुहाउँदो भूमिका पाएकै कारण अभिनयमार्फत अगाडि बढेको बताए ।

“मैले केही कार्यक्रम ९इभेन्ट० गर्नाका साथै केही चलचित्र पनि निर्माणसमेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेरै अभिनय गरे”, अभिनेता अधिकारीले भने, “यसमा मैले पिताको भूमिका निर्वाह गरेको छु । पर्दाबाहिर निर्वाह गरिरहेको दायित्वलाई पर्दाभित्र ल्याउन असहज भएन । द्वन्द्वका दृश्यमा भने मेहनत गरे ।”

अभिनेता अधिकारीको प्रवेशले अभिनय यात्रा प्रारम्भ भएको निर्देशक घनश्याम लामिछानेले बताए । “मलाई चाहिएको पिताको पात्रमा उहाँ भावनात्मक रुपमा समेत जोडिएको पाएँ । उक्त भूमिकालाई न्याय गर्ने भएकाले नै ‘कास्टिङ’ सम्भव भएको हो”, उनले भने ।

उक्त चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अञ्जना बराइली, अर्पण थापा, सिम्रन खड्कालगायत कलाकारले पनि अभिनय रेका छन ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ०७ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर