७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीका राष्ट्रसेवकलाई ध्यानको माध्यमबाट सेवकीय संस्कार सिकाईदै



बुटवल । रुपन्देहीका राष्ट्रसेवकहरुलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण कार्यक्रम दिईएको छ । तिलोत्तमा नगरपालिका वडा न.९ स्थित मंगलपुरमा रहेको ओशोधरा ध्यानकेन्द्र,ओशो भिलेजमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासन मातहात रहेका कार्यालयका कार्यालय प्रमुखहरुलाई सेवकीय संस्कार सम्बन्धी प्रशिक्षण दिईएको हो ।

एकदिवसीय सो कार्यक्रमलाई प्रशिक्षण दिदैँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्मचारी नागरिकमैत्री हुनुपर्ने बताए । कर्मचारीले सेवकीय संस्कारलाई आत्मसाथ गर्दै सेवाग्राहीलाई छिटो,छरितो र सम्माजनक सेवा दिनुपर्नेमा जोड् दिए । सेवाप्रदायक कर्मचारी नागरिक प्रति समान व्यवहार र सेवालाई स्तरीयता बनाउन तप्पर हुनुपर्ने उल्लेख गरे । गुनासो रहित सेवामा कर्मचारी प्रतिबद्ध हुनुपर्ने कुरा प्रमुख जिल्ला अधिकारी अर्यालले दर्साए ।

ओशोधारा आचार्य तथा प्रमुख प्रशिक्षक सुभाष बरालले हरेक मानिसहरुले अंहकारलाई हटाएर शान्त र आनन्दको जिवन बिताउन आग्रह गरेका छन् । शान्ति आफुभित्रै भएका कारण शान्ति र आनन्द खोज्न बाहिर जान नपर्ने कुरा उल्लेख गरे । मानसिक तथा शारीरिक दबाबका कारण तनाव सिर्जना हुने बताउँदै यसको निराकरणको ओखती पनि आफुभित्रै रहेको कुरा बताए । हरेक कामलाई ईमान्दार र प्रेमपुर्ण तरिकाले गर्नाले कर्मको प्रतिफल पनि प्रशंसायोग्य आउने आचार्य बरालले चर्चा गरे ।

यस्तै,प्रशिक्षण दिँदै सत्यार्थ गिरि प्रसाद गैरेले योग,ध्यान र प्रणयामले मात्र मानव जिवनलाई सुन्दर शान्त बनाउन सकिने बताए ।लगावपुर्ण आफनो काम गर्नुपर्ने बताउँदै समय व्यवस्थापन गरि दैनिक रुपमा शारिरीक व्यायमको आवश्यकता रहेको उल्लेख गरे । सु–सभ्य समाज निर्माणमा ध्यान र योगको आवश्यकता रहेको भन्दै निरन्तरता दिनु आजको आवश्यकता रहेको आयार्च गैरेले विश्वास व्यक्त गरे ।

सो प्रशिक्षणमा सहभागिता जनाएका प्रशिक्षार्थीहरुले प्रशिक्षण कार्यक्रम अति नै जिवनपयोगी भएको बताउदै जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद समेत दिए । करिब १५० जना भन्दा बढि राष्ट्रसेवकले प्रशिक्षण लिएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ०९ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु