३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रमुख बस्नेतका अनुसार कार्यतालिका अनुसार सङगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकिएको छ । यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार सङगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत १० गतेसम्म पठाइसक्नु पर्ने भएको छ ।

सदस्यता वितरण गर्दा मङसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङगठनमा आवद्ध तथा पार्टी सङगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र सङगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको प्रमुख बस्नेतले बताए । उनले भने, “पार्टी सङगठित सदस्यतासम्बन्धी दाबी बिरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ, जसका लागि आगामी चैत १० गतेसम्मको समयावधि तोकिएको छ ।”

संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने छ । महाधिवेशन प्रतिनिधिहरुको चयन तथा निर्वाचन आगामी चैत २० गतेदेखि वैशाख २० गतेसम्म गरिसक्नुपर्ने भएको छ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा आगामी वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने छ ।

महाधिवेशनसम्बन्धी प्रक्रिया एवं कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने प्रमुख बस्नेतले जानकारी दिए । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न मस्यौदा समिति गठन हुने भएको छ । जस अन्तर्गत विश्लेषणात्मक राजनीतिक एवम् सङठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी दस्तावेज, पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज) रहेका सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : ५६ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा