४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

न्यायाधीश अभावमा आफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सर्‍यो



रौतहट। मोहम्मद अफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सरेको छ । आइतबारबाट हुने भनिएको सुनुवाई न्यायाधीश अभावमा सरेको हो ।

रौतहट जिल्ला अदालतमा रहेका सात जना न्यायाधीशमध्य ३ जनाको उच्च अदालतमा सिफारिस भएको ,२ जना बिदामा रहेको र गोला गर्दा रहेका दुबै न्यायाधीशको भागमा मुद्दा नपरेपछि अफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सरेको जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले बताए ।

उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुईजना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित रहेको र गोला गर्दा आलमको मुद्दा दुबैको भागमा नपरेको हो । आलमको मुद्दाको सुनुवाइ अब माघ २० वा २१ गते तिरबाट हुने ढोडारीले बताए ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकेको थियो । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्यता र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ४७ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक