६ बैशाख २०८३, आइतबार | April 20, 2026

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ ।

यससंगै ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी १,२५० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : २८ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय