५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बाँकेको घिया गाउँमा होमस्टे सहितको पर्यटकीय स्थल बनाइँदै



खजुरा । बाँकेको घिया गाँउमा होमस्टे (घरबास)सहित पर्यटकीय स्थल बनाइने भएको छ । खजुरा गाँउपालिकाको लगानीमा घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।

किसान आन्दोलन, जनयुद्ध र ६२/६३को आन्दोलनमा अग्रणी भुमिका खेलेको घिया गाउँलाई पर्यटकीय स्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डीपीआर निर्माण गर्न २५ लाख बिनियोजन गरेको खजुरा गाँउपालिका अध्यक्ष डम्बर विक तुफानले बताए । पुर्वाधार विकास अन्तर्गत माघ १ गतेलाई लक्षित गर्दै आज गाँउमा माघी मेला समेत आयोजना गरिएको छ ।

माघी मेलामा बोल्दै अध्यक्ष विकले ऐतिहासिक घिया क्रान्तिपुर तालको संरक्षण गर्ने र ताल पर्यटनको विकास गर्दै मुक्त कर्मया बस्तीमा होमस्टेको निर्माण गरिने जानकारी दिए । उनले देशविदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण प्रदान गर्ने गरि १६ बिगाहा जग्गामा ताल निर्माण गरि त्यस वरिपरि मुक्त कमैयाहरुले आफै संचालन गर्ने गरि होमस्टे बनाइने बताए । यसै वर्षमा स्थानीय अगुवाहरुलाई देशका उत्कृष्ट होमस्टेको भ्रमण गराईने तथा पर्यटन सम्बन्धी तालिम प्रदान गरिने उनले बताए ।

परम्परादेखि साबिक रनियापुर र हाल खजुरा गाँउपालिकाको ७ र ८ नम्बर वडामा सिंचाई गर्न पुग्ने १६ बिगाहा क्षेत्रफलको प्राकृतिक ताल हाल अतिक्रमणको चपेटामा परेको छ । थारु समुदायको बाहुल्यता रहेको घिया र मुस्लिम बाहुल्यता रहेको रनियापुरलाई पर्यटनको केन्द्र बनाउन पालिकाले यसै वर्ष देखि बजेट बिनियोजन गरेको छ ।

बैजनाथ र खजुरा गाँउपालिकाको सिमानामा पर्ने घिया तालको विकास र संरक्षण गर्न अन्तरपालिका समन्वय गरिने अध्यक्ष विकले बताए । आज आयोजित माघी मेलामा थारु समुदायका स्थानीय कलाकारहरुले थारु संस्कृतिमा आधारित कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ०८ बजे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत