३० भदौ २०८३, मंगलबार | September 15, 2026

एकीकृत समाजवादीले माग्यो आफ्ना मन्त्रीहरुसँग प्रगति विवरण



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीलाई रिपोर्ट कार्ड बुझाउनुपर्ने भएको छ । सोमबार बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेपछि मन्त्रीहरुले पार्टीलाई रिपोर्ट कार्ड(प्रगतिविवरण) बुझाउनु पर्ने भएको हो ।

सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गरे ? उनीहरुको काममा कस्तो प्रगति भएको छ ? त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री बेदुराम भुसाल सहभागी छन् ।

बैठकले राष्ट्रिय सभामा उठेका गठबन्धनका उम्मेदवारहरू जिताउन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय पनि गरेको खतिवडाले बताए । प्रवक्ता खतिवडाका अनुसार पार्टीले भारतीय विदेशमन्त्री लगायत विभिन्न देशसँग भएका सहमतिहरु सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी माघ ८ गते ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्न पार्टीको विधान मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको उनले बताए ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ३६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज