१६ माघ २०८२, शुक्रबार | January 31, 2026

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका दिन बुटवलमा खुसियाली मनाइने



बुटवल । भारतको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाका दिन बुटवलमा खुसियाली मनाइने भएको छ । माघ ८ गते भारतको अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठाको सुखियालीमा बुटवल स्थित राम मन्दिरमा विशेष कार्यक्रम गरि खुसियाली मनाइने भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित पुरानो धार्मिक महत्व बोकेको राम मन्दिर सेवा समितिको आयोजनामा अयोध्यामा निर्मित बिशाल राम मन्दिरको प्रतिष्ठाको अवसरमा विशेष हवन, आरती, भजनकृतन तथा भगवानको रथ यात्रा कार्यक्रम गरिने समितिले जनाएको छ ।

बुधबार राम मन्दिरका सेवा समितिको बैठकबाट माघ ८ गते विविध धार्मिक कार्यक्रम गर्ने निर्णय भएको समितिका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले जानकारी दिए ।

कसौधन सेवा समिति एवम महिला समिति, राम मन्दिर पुजा समिति, विश्व हिन्दु महासंघ एवम विभिन्न धार्मिक संस्थाको सहभागितामा बिहान ९ बजे देखी हवन, आरती, प्राण प्रतिष्ठा समारोह, भजन कृतन, रामायण प्रवचन, श्रीराम जय राम जय राम बिजय मन्त्र १०८ पटक सामुहिक जप, भगवान राम, सीता र हनुमानको रुप बनाएर बुटवल रथ यात्रा परिक्रमा गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उक्त दिनको अवसरमा राम मन्दिरलाई मालाले सजावट गर्ने, रङरोहन गर्ने र परिसरमा सरसफाई गर्ने समेत निर्णय भएको छ । सनातन हिन्दुधर्मावलम्बीहरु र भगवान रामका भक्त जोकोही पनि हवन, मन्त्र जप, हनुमान चालिसा पढ्ने, आरती गर्ने लगायतका धार्मिक कार्यमा सरिक रहन सकिन कार्यक्रम मुल आयोजक समितिका संयोजक एवम श्रीराम मन्दिर सेवा समितिका उपाध्यक्ष अरुण कुमार श्रेष्ठले बताए ।

बैठकमा समितिका सचिव सरिता कसजु, कोषाध्यक्ष लक्ष्मी कुमारी अमात्य, सहसचिव सुर्यमान श्रेष्ठ, अनुपमान सैजु, रामेश्वर कसजु, कमला भट्टचन, चुडा बहादुर पोखरेल, राम बहादुर बजिमय, नारायणी पाण्डे लगायतका विभिन्न धार्मिक संघसंस्था एवं समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ०८ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी