८ चैत्र २०८२, आइतबार | March 22, 2026

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका दिन बुटवलमा खुसियाली मनाइने



बुटवल । भारतको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाका दिन बुटवलमा खुसियाली मनाइने भएको छ । माघ ८ गते भारतको अयोध्यामा हुने राम मन्दिरको प्राणप्रतिष्ठाको सुखियालीमा बुटवल स्थित राम मन्दिरमा विशेष कार्यक्रम गरि खुसियाली मनाइने भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित पुरानो धार्मिक महत्व बोकेको राम मन्दिर सेवा समितिको आयोजनामा अयोध्यामा निर्मित बिशाल राम मन्दिरको प्रतिष्ठाको अवसरमा विशेष हवन, आरती, भजनकृतन तथा भगवानको रथ यात्रा कार्यक्रम गरिने समितिले जनाएको छ ।

बुधबार राम मन्दिरका सेवा समितिको बैठकबाट माघ ८ गते विविध धार्मिक कार्यक्रम गर्ने निर्णय भएको समितिका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले जानकारी दिए ।

कसौधन सेवा समिति एवम महिला समिति, राम मन्दिर पुजा समिति, विश्व हिन्दु महासंघ एवम विभिन्न धार्मिक संस्थाको सहभागितामा बिहान ९ बजे देखी हवन, आरती, प्राण प्रतिष्ठा समारोह, भजन कृतन, रामायण प्रवचन, श्रीराम जय राम जय राम बिजय मन्त्र १०८ पटक सामुहिक जप, भगवान राम, सीता र हनुमानको रुप बनाएर बुटवल रथ यात्रा परिक्रमा गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उक्त दिनको अवसरमा राम मन्दिरलाई मालाले सजावट गर्ने, रङरोहन गर्ने र परिसरमा सरसफाई गर्ने समेत निर्णय भएको छ । सनातन हिन्दुधर्मावलम्बीहरु र भगवान रामका भक्त जोकोही पनि हवन, मन्त्र जप, हनुमान चालिसा पढ्ने, आरती गर्ने लगायतका धार्मिक कार्यमा सरिक रहन सकिन कार्यक्रम मुल आयोजक समितिका संयोजक एवम श्रीराम मन्दिर सेवा समितिका उपाध्यक्ष अरुण कुमार श्रेष्ठले बताए ।

बैठकमा समितिका सचिव सरिता कसजु, कोषाध्यक्ष लक्ष्मी कुमारी अमात्य, सहसचिव सुर्यमान श्रेष्ठ, अनुपमान सैजु, रामेश्वर कसजु, कमला भट्टचन, चुडा बहादुर पोखरेल, राम बहादुर बजिमय, नारायणी पाण्डे लगायतका विभिन्न धार्मिक संघसंस्था एवं समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ०८ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ