२ पुस २०८२, बुधबार | December 18, 2025

२४ घण्टामा थपिए कोरोना भाइरसका १३९ जना नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जना नयाँ संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ ।

यस्तै, धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ रहेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन् ।

कोभिड-१९ बाट निको हुनेको दल ७३ दशमलव ३५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

देशभरका विभिन्न क्वारेन्टिनमा अहिले १६ हजार ३७९ जना रहेका छन् ।

हालसम्म समुदायस्तरमा कोरोना नफैलिएको प्रवक्ता गौतमले जनाए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल