२० मंसिर २०८२, शनिबार | December 6, 2025

अयोध्यामा प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध



नेपालगन्ज । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै माघ ८ गतेका लागि बाँके जिल्लालाई मदिरा निषेध गरेको जनाएको छ ।

प्रशासनले ८ गतेका दिन बाँके जिल्लामा संचालन गर्ने भनिएको विभिन्न धार्मिक कार्यक्रमहरुलाई शान्त , सौम्य , मर्यादित र सदभावयुक्त वातावरणमा सम्पन्न गर्न सघाउ पुर्याउने उद्देश्यले मदिरा निषेध गरिएको जनाएको छ । सोमबार बाँके जिल्लामा बिहान ७ः०० बजे देखि बेलुकी १०ः०० बजे सम्म मदिराको ओसार पोसार, बिक्री बितरण र उपभोगमा रोक लागाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यस अघि बाँकेका क्रियाशील बिभिन्न धार्मिक गुरुहरुको बैठक बोलाई ८ गते गरिने धार्मिक कार्यक्रममा कुनै धर्म र सम्प्रदाय विशेषलाई आँच आउने र अपमान हुने तथा भावनामा ठेस पुग्नेगरि नारा जुलुस नगर्न सहमत गराएका थिए । प्राण प्रतिष्ठाका दिन बाँकेमा बिभिन्न कार्यक्रमहरु सहित रामको प्राण प्रतिष्ठा उत्सव मनाउने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय