१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतिय प्रधानमन्त्री मोदीले गरे पूजा अर्चना



नेपालगन्ज । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा रामको मन्दिर बनाउने फैसला गरेर भारतिय न्यायालयले न्यायको लाज बचाएको बताएका छन् । अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा पछि आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले न्यायकै आधारमा अयोध्यामा राममन्दिर बनेको जिकिर गरे ।

उनले अयोध्यामा मन्दिर निर्माण भएसँगै भारतको कालचक्र बदलीएको दाबी गर्दै भारतको अशुभ समय समाप्त भएर शुभ यात्रामा अगाडि बढेको बताए । उनले सताब्दीको प्रतिक्षाबाट भारत अहिलेको अवस्थामा पुगेको बताउँदै अव भारत अगाडि बढ्ने संकल्प गरे । भारतको कालचक्र सकारात्मक दिशामा अगाडि बढ्ने मोदीको विश्वास छ । ‘यही सही समय हो, हजारौं वर्षका लागि राष्ट्र निर्माणको संकल्प गर्ने बेला, रामराज्य निर्माण गर्ने बेला,’ उनले भने, ‘राम विवाद होईन, राम समाधान हो । राम भारतको आस्था र आधार हो ।’

सभालाई सम्बोधन गर्दै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदत्यिनाथले रामको आस्थावानहरुको जीत भएको उल्लेख गर्दै जहाँ मन्दिर बनाउने संकल्प गरिएको थियो, त्यहीँ मन्दिर बनाउन सफलता मिलेको बताए ।

सभासुरु हुनु अघि प्रधानमन्त्री मोदीले मन्दिरको गर्भभागमा स्थापना गरिएको रामको मर्तिको नित्यपूर्वक पूजा अर्चना गरेका थिए । प्रधानमन्त्री मोदी प्राण प्रतिष्ठाका लागि ११ दिन देखि उपवास बसि आज पूजा अर्चना गर्न अयोध्या पुगेका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले