४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै



म्याग्दी । भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुनःनिर्माण भएको राममन्दिरमा आज मूर्तिको प्राण प्रतिष्ठा हुँदैछ ।

मन्दिरमा हिन्दू धर्मावलम्बीका भगवान् रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका-६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो । देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख शुरत केसीले जानकारी दिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो ।

“नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुको तर्कपछि अयोध्याको मन्दिर परिसरमा पूजाआजाका लागि संरक्षण गरेर राखिएको छ”, नगरप्रमुख केसीले भने, “रामको जन्मभूमि अयोध्या लगिएका शिलाको उद्गमस्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रवद्र्धन गर्न लागेका हौँ ।”

देवशिला उत्खनन् गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगरप्रमुख केसीले बताए । उनका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० बनाएर स्रोतको खोजी थालिएको छ ।

देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । कालीगण्डकी नदीमा मात्र पाइने विश्वमै दुलर्भ शालग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतार मान्ने गर्दछन् ।

कालीगण्डकी किनारको बेनी-गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पौलत्स्य र जडभरत ऋषिको तपस्यास्थल एवं कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गमस्थल धार्मिक हिसाबले धेरै महत्व रहेको हिन्दू धर्मगुरु जगद्गुरु हिमालय बाबाले बताए ।

“अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गरेको छ”, उनले भने, “शिला उत्खनन भएको ठाउँ धार्मिकस्थलकारुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढेको छ ।”

कालीगण्डकीलाई हिन्दू धर्मावम्बीले कृष्णगण्डकीका रुपमा चिन्ने गर्छन् । शालिग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको गत वर्ष शिला लिन आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताएका थिए ।

अयोध्याको राममन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा भएका अवसरमा आज देवशिला उद्गमस्थलमा पूजाआजा र एक लाख २५ हजार बत्ती बालिएको छ । देशशिला अयोध्या पु¥याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापूजासहित सवा लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ०३ बजे

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध