२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

कालीगण्डकी करिडोर : तरङ्ग खोलाको पुल निर्माण रोकियो



नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट र बुलिङटार-१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताए ।

‘सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएको छु’, उनले भने, ‘मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।’ उनले बुलिङटार-३ का वीष्णुवीर जर्घाले निर्माणाधीन पुलका सामान लगेको बताए । जर्घा बुलिङटार गाउँपालिका-३ का वडाध्यक्ष हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको उनको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार-३ का वडाध्यक्षसमेत रहेका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई ६ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए । ‘निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो । ६ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो’, उनले भने, ‘त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनु भएन ।’

तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माण कम्पनीले हालेको उजुरीका विषयमा दुवै पक्षले न्याय पाउनेगरी समाधान खोजिने बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ३० बजे

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै

उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी बजेट ल्याउन व्यवसायीले केपी ओली गुहारे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई

कोशीका मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुटवल र तिलोत्तमा भिडदै

बुटवल । बुटवलमा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल