८ पुस २०८२, मंगलबार | December 23, 2025

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न काउन्सिलको सुझाव



काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका प्रकाशन गरेबापत पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन÷सूचना तत्तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

“बैठकले स्थानीय र प्रदेशस्तरका सरकारी विज्ञापन÷सूचना प्रकाशनका लागि स्थानीय र प्रदेश स्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ”, विज्ञप्तिमा भनिएको छ । खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित प्रेस काउन्सिल नेपालबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने काउन्सिलले निर्णय गरेको छ ।

“सरकारी कार्यालय रहेको स्थानका सञ्चारमाध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गर्न नेपाल सरकारलाई आवश्यक सुझाव लेखी पठाउने निर्णयसमेत भएको छ”, विज्ञप्तिमा भनिएको छ । सूचना प्रविधिमा दिनानुदिन बढ्दो विकासक्रम, सामाजिक सञ्जालको प्रभाव र विभिन्न प्राकृतिक प्रकोप, महामारीलगायत कारण नेपालको पत्रकारिता क्षेत्र प्रभावित हुँदै आएको र यसको प्रत्यक्ष प्रभाव छापा माध्यममा बढी परेकाले यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ ।

“सबै छापा माध्यम चरम सङ्कटमा छन् । स्थानीय र प्रदेशस्तरका छापामाध्यम झन् अस्तित्व रक्षाको चरणमा रहेकाले सूचना प्रविधिको पछिल्लो विकासक्रमसँग जोड्दै सुधार हुन जरुरी छ”, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने, “राज्यस्तरबाट पनि छापा माध्यमलाई बचाउन विशेष ध्यान दिनुपर्ने अवस्था आएकाले यो निर्णय गरिएको हो ।”

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ३८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना