२ पुस २०८२, बुधबार | December 18, 2025

लुम्बिनी खेलकुद प्रदेश सदस्य सचिव भट्टराईले गरे खजुराका २ रङ्गशालाको अवलोकन



खजुरा । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बाँकेको खजुरा स्थित मिनी फुटवल रङ्गशाला र शुक्र भलिवल रङ्गशालाको अवलोकन गरेका छन् ।

आज मध्यान्ह सदस्य सचिव भट्टराई राष्ट्रिय खेलकुद परिषद सदस्य दिपेन्द्र बिष्ट, प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा र बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजङ्ग शाह सहित खजुराका २ रङ्गशाला अवलोकनका लागि पुगेका थिए ।

सो अवसरमा स्थानीय खेलकुद सम्बद्ध पदाधिकारीहरुसँग छलफल गर्दै उनले खजुरा खेलाडी जन्माउने उदगम थलो भएको बताए । उनले भौतिक निर्माणमा प्रदेश खेलकुद परिषदसँग बजेट नभएपनि खेल गतिबिधि संचालनका लागि प्रदेशबाट लगानी हुन सक्ने प्रतिबद्धता ब्यक्त गरे । उनले नितीगतरुपमा प्रदशेलाई अधिकार दिइएपनि कार्यान्वयन भइनसकेको उल्लेख गर्दै खजुरा क्षेत्रमा खेलकुदका पूर्वाधार निर्माणमा आफ्नो सहयोग रहने बताए ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा सदस्यसचिव भट्टराईलाई स्थानीय न्यु डाँफे स्पोर्टस क्लवले ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सदस्य सचिव भट्टराईले आजै खजुराको २ नम्बर वार्डमा रहेको शुक्र भलिवल रङ्गशालाको पनि अवलोकन गरेका थिए । सो अवसरमा उनलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव भीम ओलीले आठौं राष्ट्रिय खेलकुदका बेला बनेका पूर्वाधारहरुको मरमत सम्भार र संचालनमा ध्यान दिन सदस्यसचिव भट्टराईको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : १४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल