३ भदौ २०८३, बुधबार | August 19, 2026

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबा राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ४४ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत