१८ असार २०८३, बिहिबार | July 2, 2026

यू-१९ विश्वकप : अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य



काठमाडौं । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।

अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए ।

अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।

नेपालले आजको खेल जितेमा सुपर सिक्समा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ५ : २७ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज